बैंकर्स संघका अध्यक्ष ढुङ्गाना भन्छन् – ‘बिग मर्जरले निक्षेप तानातानको अस्वस्थ प्रतिष्पर्धा घट्छ’


नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वाणिज्य बैंकहरुका बिचमा अझै मर्जरको लहर चल्नु पर्ने बताएका छन् ।

शुक्रबार ग्लोबल आईएमई र जनता बैंक मर्जर भई ग्लोबल आईएमई बैंकले सुरु गरेको एकीकृत कारोबारको औपचारिक कार्यक्रममा संघका अध्यक्ष ढुङ्गानाले यस्तो बताएका हुन् ।

ग्लोबल आईएमई बैंकलाई अरु संस्थासँग पनि पनि मर्जरमा ल्याउन सुझाव दिएका उनले संघको सदस्य संख्या घटेकोमा भने केही दुखः लागेको बताएका थिए ।

विकास बैंक तथा वित्त कम्पनीहरुमा मात्र मर्जरको लहर चलिरहेका बेला वाणिज्य बैंकमा पनि मर्जरको क्रमले सकरात्मक सन्देश जाने उनको भनाई थियो । यसले बैंकहरुलाई फाइनान्सिङ्मा धेरै सहज हुने उनले बताए ।

१८ बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्ने क्रममा वाणिज्य बैंकहरु कमर्ज एण्ड ट्रष्ट बैंक र जनतासँगको मर्जरले अरु वाणिज्य बैंकसँग मर्जरमा जान ग्लोबल आईएमईलाई झनै सहज हुने उनको भनाई थियो ।

धेरै संख्यामा वाणिज्य बैंक हुँदा एक आपसमा निक्षेप तानातान हुने अस्वस्थ प्रतिष्पर्धा न्युनीकरणमा बिग मर्जरले टेवा पुर्याउने उनको विश्वास छ ।