नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेलाई बैकर्स संघको विशेष सम्मान

0
Shares

नेपाल बैंकर्स संघले यस वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेलाई विशेष सम्मान गरेको छ ।

संघले नेपालको वित्तीय क्षेत्रको विकास तथा बैंकिङ्ग क्षेत्रको दिगो उन्नतीका लागि बैंकिङ्ग क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सम्मान गरेको हो।

पाँडेले नेपाल राष्ट्र बैंकको विभिन्न ओहोदा, राष्ट्रिय वाणिज्य बैंक को महाप्रबन्धक, हिमालय बैंकको संस्थापक/कार्यकारी निर्देशक/प्रमुख कार्यकारी अधिकृत तथा नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमुख कार्यकारी संचालक र हाल अध्यक्षको रुपमा तथा अन्य विभिन्न ओहोदामा रहि विगत चार दशक भन्दा अधिक समयदेखि अनवरत रुपमा यस क्षेत्रमा अमूल्य योगदान तथा समस्त वित्तीय क्षेत्रको प्रगतीका लागि महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको संघले जनाएको छ ।

सम्मान–पत्र ग्रहण गरे पश्चात पाँडेले आफ्ना अनुभवहरु सुनाउदै नेपालमा बैंकिङ्ग क्षेत्रले हासिल गरेको उपलब्धि तथा नेपाल राष्ट्र बैंकले लिएको गभ्ने र गाभिने नीति सहि दिशामा भएको औल्याए । साथै, बैंकहरुले सूचना प्रविधिमा आधुनिकता ल्याउने कुरामा जोड दिनु पर्नेमा जोड दिए ।