एनएमबी बैंकको ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ

0
Shares

एनएमबी बैंकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ संचालन गरेको छ ।

यो नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ ।

यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउँदैछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गरिएका छन् । जसले जीवनकालका विभिन्न समयको परिवर्र्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउने बैंकको विस्वास छ ।

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बिमा सहितका अन्य लाभकारी फाइदाहरु यस योजनालाई जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ।

हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।