साग फुटबल फाइनल हेर्न जाने दर्शकले रंगशालाको मुलगेट प्रयोग गर्न नपाउने, पार्किङ्ग टुँडिखेलमा

0
Shares

१३ औँ दक्षिण एशियाली खेलकूद (साग) को आज हुने समापन समारोह तथा फाइनल फुटबल हेर्नका लागि टिकट लिएका दर्शकहरु दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने भएका छन् ।

ट्राफिक व्यस्थापन र भीड नियन्त्रण गर्न कठिन हुने भएकोले दर्शकलाइ मुल गेटबाट प्रवेश निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले टिकट काटेका दशर्कहरूलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी शहिद गेट नेरको नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्ने व्यवास्था मिलाइएको जनाएको छ।

साथै टिकट काटेका दशर्कहरूको सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा पार्किङ्ग व्यवस्था मिलाइउको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

टिकट लिनेहरु पनि खेल सुरु भन्दा आधा घण्टा अगावै रंगशाला प्रवेश गरी सकेको हुनुपर्नेछ । भिभिआइपी, भिआइपी, तथा

अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने जनाइएको छ। सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् ।

फाइनल खेल दिउँसो ३ बजे नेपाल र भुटानबीच हुदैंछ ।