नौ वाणिज्य बैंक र एउटा विकास बैंक मात्र नेप्सेको ‘ए’ वर्गीकरणमा


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ ।

वर्ग ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’मा विभाजन गरेर गरिएको वर्गीकरणमा ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंक ए वर्गमा परेका छन् ।

‘बी’ वर्गमा नाग्दी पावर कम्पनी मात्र परेको छ भने जी वर्गमा ३६ र धेरै कम्पनीहरु जेड वर्गमा परेका छन् ।

गत कात्तिक ७ गते नै नेप्सेले सार्वजनिक गरेको सूचीमा ३५ दिन भित्र सूचीमा पर्न नसक्नुको कारण र दाबी सहित आउन भनेको थियो । उक्त सूचनाका आधारमा कम्पनीहरुले पठाएको अन्तिम दाबीका आधारमा वर्गीकरण सार्वजनिक गरिएको नेप्सेले जनाएको छ ।

वर्गीकरणमा परेका कम्पनीहरुको सूची यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।