गण्डकी विकास बैंकको एकै दिन ३ शाखा थपिए, शाखा संञ्जाल ९१ पुग्यो

0
Shares

गण्डकी विकास बैंकले मंसिर २५ गतेदेखि थप ३ नँया शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले चन्दननाथ न.पा.वडा नं. ५ खलंगा स्थित जुम्ला शाखाको औपचारिक उद्घाटन गर्नुका साथै पोखराको बाझापाटन र काठमाण्डौको मैतिदेवि शाखाबाट वित्तीय कारोवारको शुभारम्भ गरेको छ ।

यो सगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । बैंकले ९१ वटै शाखाहरुबाट पूर्ण वैकीङ्ग सुविधा प्रदान भैरहेको जनाएको छ ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिम, इसिसि/आइपिएस, सिआश्वा मोबाइल बैंकीङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।