बीमा समितिद्वारा सबै प्रकारका बैंकास्योरेन्स सम्झौता खारेज गर्न बीमा कम्पनीहरुलाई निर्देशन

0
Shares

बीमा समितिले सबै प्रकारका बैंकास्योरेन्स सम्झौता खारेज गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले बुधबार एक सूचना जारी गर्दै बीमा कम्पनीहरुलाई आजकै मितिबाट कुनै संस्थाको सहकार्यमा बीमा व्यवसाय गर्ने सम्झौता गरेको भएको भए त्यस्ता सम्झौता  भंग गर्न निर्देशन दिएको हो।

साथै समितिले गत मंसिर २२ गतेदेखि लागू भएको बीमकले सहकार्यमा बीमा व्यवसाय संचालन गर्दा अपनाउनु पर्ने नीतिगत मार्गनिदेर्शन २०७६ बमोजिम काम गर्न पनि कम्पनीहरुलाई निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपालका ३९ वटै बीमा कम्पनीले बैंकास्योरेन्स सम्झौता गरी कर्पोरेट एजेन्टहरु नियुक्त गरेका थिए । समितिको निर्देशनसँगसँगै ३९ वटा बीमा कम्पनीले गरेको यस्तथा सम्झौताहरु एकै पटक खारेज भएका छन् ।