हुवावेका ६ उत्पादन नेपाली बजारमा, एक वर्षमा २६ प्रतिशतले उत्पादन बढ्यो


चिनियाँ स्मार्टफोन निर्माता हुवावेले एकै पटक नेपाली बजारमा ५ उत्पादनको बिक्री बितरण सुरु गरेको छ ।

हुवावेको वाइनाइन एस स्मार्टफोन सार्वजनिक भएको हो । यो स्मार्टफोन मेट ३० प्रोसँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चितत वाइनाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन भएको हुवावेले जनाएको छ ।

मोबाइलमा आधुनिक र आकर्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन रहेको बताइएको छ ।

हुवावे विश्वबजारमा दोस्रो ठुलो स्मार्टफोन सप्लायर हो । सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको कम्पनीले जनाएको छ । यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै हुवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृद्धि भएको कम्पनीले जनाएको छ । पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशत, ट्याब्लेट १० प्रतिशत, स्मार्ट अडियो २६० प्रतिशत तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको हुवावेले जनाएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा हुवावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको हुवावे कन्ज्यूमर बिजनेस ग्रुपको हिस्सा हुवावे नेक्स्ट अर्थात् हुवावे मोबाइल सर्भिसेस एचएमएस को बारेमा प्रकाश पारिएको थियो । हुवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि हुवावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ ।

हुवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दई वषभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुयाउँदैछ छ । रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पनि बढाएर पाँच हजार पुर्याउने हुवावेले जनाएको छ ।

हुवावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न हुवावे इकोसिस्टम तयार पारेको छ । यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्ने बताइएको छ ।

हुवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप हुवावे मेट ३० प्रो पनि सार्वजनिक गरिएको छ । यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ भने ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको गरिएको छ ।

यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ । यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी स्परसेन्सिङ क्यामरा, ८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा भएको सेटको फ्रन्ट क्यामेरा ३२ मेगापिक्सेलको छ ।

कार्यक्रममा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरिएको छ । हुवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले वास्तविक मुटुको धड्कन मनिटर गर्नुका साथै ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू राखिएको जानकारी दिइयो ।

यसका साथै हालै आयोजित आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आइएफए मिडिया अवार्ड जितेको हुवावे फ्रि बड्स थ्री टू वायरलेस ब्लटथ इयरफोनहरू पनि सार्वजनिक गरिएको छ ।

हुवावे मेट ३० प्रोसँगै वाइनाइन एय पनि सार्वजनिक गरिएको छ । अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो । आधुनिक र आकर्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी आई टिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यो मोबाइलमा छ ।

हुवावेको कुन उत्पादनको नेपाली मूल्य कति ?

हुवावे मेट ३० प्रोः १ लाख २९ हजार ९ सय
हुवावे वाच जीटी टु ४६ एमएमः २९ हजार ९ सय
हुवावे ब्यान्ड फोरः ४ हजार ४ सय
हुवावे ब्यान्ड फोर ईः ३ हजार ४ सय
हुवावे फ्रि बङ्स थ्रीः २० हजार ९ सय
हुवावे फ्रि लेसः ९ हजार ९ सय

हुवावे वाच जीटी टु ४२ एमएस र हुवावे वाइ नाइन एसको भने मूल्य घोषणा हुन बाँकी रहेको बताइएको छ ।