अर्थतन्त्र चलायमान बनाउने माध्यम भनेको पर्यटनः गभर्नर


नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुग्न कठिन नहुने भन्दै उनले पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिए । विश्वचर्चित एक्सेलट्रिप ग्लोबलको नेपालमा सेवा शुभारम्भ गर्दै गभर्नर नेपालले देशको अर्थतन्त्रमा हालको पर्यटन क्षेत्रको तीन प्रतिशतलाई बढाएर १० प्रतिशतको हाराहारीमा योगदान पु¥याउन पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याएका हुन् ।

गभर्नर नेपालले पछिल्लो तीन वर्षयता इतिहासकै उच्च आर्थिक वृद्धि भइरहेको बेला पर्यटन क्षेत्रको योगदान न्यून रहेको भन्दै सेवा क्षेत्रको योगदान बढाउन सबै क्षेत्रको सहयोग चाहिने बताए ।
सरकारले १५औँ पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । नेपालमा लगानीको अवसर छैन भन्नेहरुका लागि ‘एक्सेलट्रिप’ एक उदाहरण बन्ने उनको भनाइ थियो ।

गभर्नर नेपालले गत वर्ष नेपालीले विदेशमा ९० अर्ब रुपैयाँ खर्च गरेको र विदेशीहरुले नेपालमा ७४ अर्बमात्र खर्च गरेको जानकारी दिँदै नेपालीले विभिन्न माध्यमबाट गर्ने खर्च नेपालकै बैंकमा आउने र शून्य कमिशनमा काम गर्ने भएकाले संस्थाको काम प्रभावकारी हुने बताए ।