नेप्सेमा गिरावट आउन थालेपछि खुम्चिन थाल्यो कारोबार, नाफा बुकिङकै असर


अघिल्ला दुई साता निरन्तर बढेको नेप्से सूचकमा गिरावट आउन थालेपछि कारोबारमा कमी आउन थालेको छ । बजार घट्न थालेपछि शेयर खरिदको भन्दा बिक्रीको चाप बढी देखिएको छ।

बुधबार नेप्से सूचक ३.३० अंकले घटेर ११५२.०७ विन्दुमा झरेकोे छ । यसदिन १६५ कम्पनीको ९ लाख ४७ हजार कित्ता शेयर २९ करोड ४७ लाख बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा डेढ करोड बढी हो। बजार बढ्दा दैनिक कारोबार ७६ करोडसम्म पुगेको थियो । 

गएको साता बजार बढेर ११७३ अंकसम्म पुगेको थियो । बजार बढ्दै गर्दा अल्पकालीन कारोबारीहरु नाफा सुरक्षित गर्न थालेपछि बजार झण्डै २० अंकले घटेको छ भने कारोबारमा समेत ह्रास आउन थालेको छ ।

बुधबारको बजारमा कारोबारमा आएका सबै व्यापार, विकास बैंक र अन्य बाहेक सबै समूहका सूचक घटेका छन् । यसदिन जलविद्युत कम्पनीको सबैभन्दा २.४२ प्रतिशतले घटेको छ । व्यपार समूहको ३.७४ प्रतिशतले बढेको छ ।

यसदिन पनि एनएमबि बैंकको सबैभन्दा धेरै ४ करोड ९० लाख बराबरको शेयरको किनबेच भयो । नेपाल बैंक नबिल र साल्ट्र ट्रडिङको पनि करोड बढीको कारोबार भयो।

यसदिन तीन कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । विशाल बजार कम्पनी, नेपाल फाइनान्स र दिव्यश्वरी हाइड्रोको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।

सबैभन्दा धेरै नेपाल सेवा लघुवित्तकोे शेयर मूल्य ७ प्रतिशत बढीले घटेको बजारमा सिभिल लघुवित्त, सिनर्जी हाइड्रो, वेस्ट फाइनान्स लगायतको शेयर मूल्य धेरै घटेको छ ।