युनाईटेड फाईनान्सको २३ औं शाखा काठमाण्डौंको गोठाटारमा

0
Shares

युनाईटेड फाईनान्सले काठमाण्डौंको गोठाटारमा आफ्नो २३ औं शाखा संचालनमा ल्याएको छ ।

गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष बसन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापा बाट एक कार्यक्रमका विच उद्घाटन भयो ।

यसका साथै युनाईटेड फाईनान्स पूँजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।

सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।

फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परीचालन गरेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।