यूनियन लाईफले ६४ करोडको आईपीओ निष्काशन प्रकृया अघि बढाउने


यूनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैंयाको साधारण शेयर निष्काशन प्रकृया अघि बढाउने भएको छ ।

इन्स्योरेन्सको शुक्रबार सम्पन्न साधारण सभाले जारी पू“जी २ अर्ब १५ करोडको ३० प्रतिशतले हुने ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनको प्रस्ताव यस अघि २०७४ कात्तिक १५ गतेको प्रथम वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

साधारण सभाले संचलाक समितिले पेश गरेको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा सोही आर्थिक वर्षको लेखा परिक्षणको प्रतिवेदन पारित गरेको छ । साथै वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

साधारण सभामा इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको भन्दै आगामी दिनमा प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताएका थिए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने बताएका थिए ।