शेयर बजारमा एकाएक आयो यस्तो चमक, सूचक तथा कारोबारमा उच्च बढोत्तरी

0
Shares

आइतबार सामान्य बढेको शेयर बजारमा सोमबार भने एकाएक उछाल आएको छ । दिनभर जस्तो सामान्य रुपमा बढेको बजार कारोबार बन्द हुने अन्तिम समयतिर उच्च दरमा बढेको हो ।

सोमबार नेप्से सूचक १७.७७ अंकले बढेर ११६८.५८ विन्दुमा पुगेको छ । बजारमा कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै सूचक बढेपछि बजार उच्च अंकले बढेको हो । यसदिन १७७ कम्पनीको ५९ करोड ५७ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा २२ करोड बढी हो ।

वित्तीय बजारमा कर्जाको ब्याजदर घट्नुका साथै मार्जिन कर्जा समेत केहि सहज हुन थालेपछि लगानीकर्ताको आत्मबल फर्किएको हो । तर कतिपयले अघिल्लो पटक बजार बढ्दा नाफा सुरक्षित गरेका लगानीकर्ताहरु बिचमा केहि घटेपछि पुन बजार प्रवेश गर्न थालेकाले पनि बजार बढ्न गएको बताउँछन् । एकैपटक उच्च अंकले बजार बढेकाले यस्तो बढाई स्थिर नहुनेमा पनि उत्तिकै चिन्ता लगानीकर्तामा छ। केहि लगानीकर्ताले बजारको यस्तै प्रवृतिलाई अस्वभाविक रुपमा समेत लिने गर्छन । बजार ह्वात्तै बढ्ने र ह्वात्तै घट्ने प्रवृति राम्रो होईन, एक लगानीकर्ताले भने ।

यसदिन सबैभन्दा धेरै शिवम सिमेन्टको साढे पाँच करोड बढीको शेयर किनबेच भयो । नबिल तथा नेपाल बैंक लगायतको उच्च कारोबार भएको बजारमा नागरिक लगानीकोषको शेयर मूल्य उच्चदरमा बढ्दा सर्किट लागेको छ ।

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, सर्पोट माइक्रो, शिवम सिमेन्ट, गराँस लघुवित्त, सृजना फाइनान्स लगायतको शेयरमूल्य उच्चदरमा बढेको छ । यसदिन सबैभन्दा धेरै पाँचथर पावरको शेयरमूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढीले घट्यो ।