नेपाल पुनर्बिमा कम्पनीको सिईओमा शंकरकुमार रायमाझी नियुक्त

0
Shares

नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन्।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आगामी चार बर्षसम्मका लागि रायमाझीलाई मुख कार्यकारी नियुक्त गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी रायमाझी प्रारम्भिक छनौटमा परेका ४ जना मध्येबाट सीइओमा नियुक्त भएका हुन् । कम्पनीको प्रमुख कार्यकारीमा ६ जनाको आवेदन परेको थियो।

सीइओको प्रतिस्पर्धामा रायमाझीका साथै कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, पुनर्बीमा कम्पनीकै निवर्तमान सीइओ चिरायु भण्डारी र नेपालराष्ट्र बैंकका अशोककुमार पौडेल प्रारम्भिक छनौटमा परेका थिए ।

पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश राना सदस्य भएको छनौट समिति गठन भएको थियो ।