हिमालयन बैंकको ६४ औं शाखा निजगढमा, थप १२ शाखा खोल्ने योजनामा

0
Shares

हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा निजगढ नगरपालिका—९, निजगढमा मिति पौष ७ गतेदेखि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको समुद्धघाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथिले यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न यो शाखा उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले उद्योग तथा व्यवसायिक लगानीका लागि बारा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरे ।

उक्त शाखाहरु उद्घाटन पश्चात बैंकको देशभरिमा ६४ वटा शाखा सञ्चालनमा छन् भने चालु आवको अन्त्य सम्ममा थप १२ वटा शाखा सञ्चालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।