हिमालयन बैंकको विस्तारित काउन्टर गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा

0
Shares

हिमालयन बैंकले आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा यही पौष ११ गते शुक्रबार देखि काठमाडौ बाँसबारी स्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

उक्त विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहका बिच संयुक्त रुपमा गरे । उक्त समारोहमा महाराजगंज शाखाका प्रमुख अभय बहादुर शाह, बैंकका तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति थियो ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।