गरिमा विकास बैंकको सिमरा शाखा औपचारिक संचालनमा

0
Shares

गरिमा विकास बैंकले पौष १४ गते सोमबारदेखि जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे । 

उक्त कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औधोगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधा सहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताए । साथै, उनले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणबाट नैं देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३३ अर्ब कर्जा लगानी गरेको छ ।