आइतबारको बुलिस बजारमा यी हुन् कमाउने र गुमाउने शिर्ष कम्पनी

Note Bazar २७पुष, २०७६, आईतवार / Jan 12, 2020 15:54:pm

लामो समय पश्चात नेप्से परिसूचक ४२.६१ अंकले बढेर १ हजार २५५ दशमलव ७२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १७९ कम्पनीमध्ये १० कम्पनीको शेयरमुल्य घट्दा बाँकी १५५ कम्पनीको शेयरमूल्य बढेको छ।

आइतबारको बजारमा प्रिमियर इन्स्यारेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको शेयरमूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यसैगरि स्वाभिमान लघुवित्त, घोडिघोडा लघुवित्त, एशियन लाईफ, इन्फिनिटी लघुवित्त, सगरमाथा इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, समता लघुवित्त, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, हिमालयन जनरल इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेशनल लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स, आरएसडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, सबैको लघुवित्त, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स, सानिमा इक्वीटी फण्ड र आँधिखोला लघुत्तिको शेयरमूल्य ९९ प्रतिशत बढीले बढेको छ ।

यसदिन दशवटा कम्पनीको मात्र शेयरमूल्य घट्यो । यसदिन सबैभन्दा धेरै माउन्टेन हाइड्रोपावर नेपाल र सिनर्जी पावरको शेयरधनीले २ प्रतिशतले गुमाएका छन्।

यसैगरि सिटिजन्स म्युचुअल फण्ड, युनियन हाइड्रोपावर, सिन्धु विकास बैंक, प्राइम कर्मर्सियल बैंक संस्थापक शेयर, कालिका पावर, एनआईबिएल प्रगति फण्ड, कर्पोरेट डेभलपमेन्ट बैंक र सानिमा बैंकको संस्थापक शेयरमूल्य सामान्य घटेको छ।

सबै उपसूचकमा हरियाली छाएको बजारमा नेपाल लाइफको सबैभन्दा धेरै ५ करोड ८८ लाखको शेयर खरीद बिक्री भएको छ। यसदिन एक अर्ब ३३ करोड रुपैयाँ बराबरको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १५ हजार ९०७ पटक खरीद बिक्री भएका छन्।


Share on:


Comments