नेप्सेद्धारा पाँच कारोबार दिन शेयर बजार बन्द

0
Shares

नेपाल स्टक एक्सचेञ्जले चैत १० गतेदेखि पाँच कारोबार दिन शेयर कारोबार बन्द गरेको छ।

पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले चैत ९ गते पत्राचार गरि कोरोना भाइरसको त्रासबाट विषम परिस्थित सिर्जना भएको अवस्थामा बोर्डको विशेष अधिकार प्रयोग गरि ५ कारोबार दिन धितोपत्र बजार बन्द गर्न आदेश दिएको थियो।

नेप्सेले हालसम्म भएका धितोपत्र कारोबारहरुको राफराफ तथा फस्र्यौट भने हुने जनाएको छ। यसअनुसार अब समय अनुकुल भएको खण्डमा चैत १७ गते सोमबारबाट शेयर बजार सुचारु हुनेछ।

प्रकाशित मिति: १० चैत्र २०७६, सोमबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।