मिर्मिरे लघुवित्तले ३७ हजार २६० कित्ता एफपिओ निष्काशन गर्ने

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार २६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ। जसका लागि लघुवित्तले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्तको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

प्रकाशित मिति: २३ असार २०७७, मंगलबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।