प्रि-ओपनिङ्ग कारोबारः १५ कम्पनीको शेयरमूल्य बढ्यो, नेप्सेमा सुधार

-नोटबजार संवाददाता।
काठमाडौं।
३१भाद्र, २०७७, बुधबार / Sep 16, 2020 10:53:am

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा बुधबार कारोबारमा आएका २० कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ। दुई कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीका ८१३ कित्ता शेयर २२ लाख ९५८रुपैयाँमा खरीद बिक्री भएका छन्। ।

यसदिन रिलायन्स लाइफ, अजोड इन्स्योरेन्स, युनियन हाइड्रो, राधी विद्युत लगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।

यस अवधिमा नेप्से १.३१ अंकले बढेर १५३७.३५ बिन्दुमा बन्द भएको छ।


Share on:


Comments