विद्युतीय माध्यमबाट सजिलै रकम भुक्तान गर्न कनेक्ट आईपिएसमा यसरी खोल्नुहोस खाता


कोरोना महामारीका कारण भौतिक रुपमा कसैलाई भेटेर वा बैंकमा पुगेर रकम भुक्तानी तथा जम्मा गर्दा उच्च जोखिमको अवस्था रहन्छ । संक्रमण जोखिमका कारण अहिले विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखिँदै आएको छ । नियमनकारी निकायहरुले पनि विद्युतीय भुक्तानी प्रकृयालाई सहज बनाउँदै यसको सीमामा पनि लचकता अपनाएको अवस्था छ । यस्तो अवस्थामा विभिन्न वाणिज्य बैंक तथा नेपाल राष्ट्र बैंकको समेत स्वामित्वमा सञ्चालित नेपाल क्लियरिङ हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली भुक्तानी तथा बैंक रकमान्तरका लागि उत्तम विकल्प हो ।

यसका लागि सबैभन्दा पहिले कनेक्ट आईपिएस डटकममा जानु पर्ने हुन्छ । त्यहाँ पहिले नै कनेक्ट आईपीएस खाता भएकाहरुलाई लगइन गर्ने र नयाँ खाता खोल्न चाहनेहरुका लागि साइन अपको विकल्प देख्न सकिन्छ ।

साइन अपमा क्लिक गरे पछि खुल्ने नयाँ पेजमा मागिएका विबरणहरु भरेर रजिष्टर गर्नु पर्ने हुन्छ । विबरण भर्दा तपाईले बैंक खातामा उल्लेख गर्नु भएको मोबाइल नम्बर र इमेल ठेगाना भर्नु पर्ने हुन्छ । जसले गर्दा बैंक खाता लाई यो प्रणालीमा लिंक गर्न सहज हुन्छ ।

यसरी रजिष्टर गरे पछि तपाईलाई सिष्टमले लगइन विन्डोमा पुर्याउँछ । त्यहा तपाईले आफ्नो युजर तथा पासवर्ड राखेर लगइन गर्नु पर्ने हुन्छ । लगइन गरे पछि तपाईलाई सेक्युरिटी विबरण भर्न लगाइन्छ । यहाँ भरिएका विबरण तपाईले कुनै पनि बेला उपलब्ध हुने गरी सुरक्षित किसिमले राख्नु पर्ने हुन्छ । पासवर्ड बिर्सिएको खण्डमा पासवर्ड रिसेट गर्न तथा अन्य समयमा सेक्युरिटी विबरण मागिएको खण्डमा यहाँ भरिएको विबरण हुबहु उपलब्ध गराउनु पर्ने हुन्छ । त्यसो गर्न नसकिएको खण्डमा एकाउण्ट अस्थायी रुपमा कारोबार सञ्चालन गर्न नसकिने अवस्थामा पुग्छ ।

सबै विबरण भरेर सवमिट गरे पछि तपाईलाई मोबाइल नम्बर र इमेल भेरिफिाइ गर्न लगाइन्छ । गेट भेरिफिकेशन कोडमा एक पटक क्लिक गरे पछि मोबाइलमा एसएम एस तथा इमेलमा भेरिफिकेशन कोडा आउँछ । उक्त कोड प्रविष्ट गरेर मोबाइल र इमेल भेरिफाई गर्नु पर्ने हुन्छ ।

इमेल र मोबाइल भेरिफिकेशन पश्चात तपाईलाई कारोबार पासवर्ड सेट गर्न लगाइन्छ । पासवर्ड सेट गरिसके पछि सबैभन्दा महत्वपुर्ण चरण अर्थात बैंक खाता लिंक गर्ने स्थानमा पुगिन्छ । उक्त पेजमा तपाईका एक वा सोभन्दा धेरै बैंक खातालाई एक पछि अर्को गर्दै लिंक गराउन सक्नु हुन्छ ।

आफ्नो बैंक खाताको विबरण भरे पछि उक्त खातालाई सम्बन्धित बैंकले अप्रुभ गरिदिनु पर्ने हुन्छ । यसका लागि तपाईले डाउनलोड लिंक एप्लिकेशन वा फारममा क्लिक गरेर प्रिन्ट गरी हस्ताक्षर गरेर आफ्नो बैंक भएको शाखामा बुझाउनु पर्ने हुन्छ । बैंकले उक्त फारम प्रमाणीकरण गरे पछि यो प्लेटफर्मबाट सिधै पैसा पठाउने तथा रकम भुक्तान गर्न सकिन्छ ।

अहिले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कतिपय बैंकले भने कनेक्ट आईपीएसमा खाता लिंक गर्दा आफैंले अनलाइनबाटै खाता प्रमाणिकरण गर्ने व्यवस्था मिलाएका छन् । यसरी प्रमाणिकरण गरिएको खातामा भने कारोबार रकममा सीमा निर्धारण गरिएको हुन्छ । अनलाइनबाट प्रमाणिकरण गरिएका खाताबाट बैंक अनुसार १ लाख रुपैंयादेखि १० लाख रुपैंयासम्मको कारोबार गर्न सकिन्छ ।

बैंक पुग्न नसक्ने बेलासम्मका लागि यसरी अनलाइनबाट खाता प्रमाणिकरण गराउन सेल्फ सेल्फ भेरिफाई एकाउण्टमा क्लिक गरे पछि बैंकले तपाईको खातामा २ पटक रुपैंयाभन्दा सानो रकम अर्थातमा पैसा जम्मा गरिदिन्छ । एसएसएममा आएको ओटिपीसँगै कारोबार जानकारी वा इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमा स्टेटमेण्ट हेरेर २ पटक खातामा जम्मा भएको पैसामा आएको रकमलाई कनेक्ट आईपीएसले माग गरेको माइक्रो डिपोजिट १ र २ फिल्डमा राख्नु पर्ने हुन्छ । यति गरे पछि तपाईको बैंक खाता प्रमाणिकरण हुन्छ ।

सेल्फ भेरिफाई प्रकृयालाई अझै सहज रुपमा बुझ्न यो भिडियो हेर्नुहोस् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।