कृषि विकास बैंकद्धारा शैक्षिक सामग्री हस्तान्तरण

0
Shares

कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालय, चन्द्रागरिी, ७ लाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले उक्त विद्यालयलार्य ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गुणात्मक शिक्षाका लागि विगत देखि नै सामुदायिक विद्यालयहरुलाई केहि न केहि सहयोग गर्दै आएको छ र यसै सिसिलामा यस विद्यालयलाई सहयोग गरेको बताए ।

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत उनले बताए ।