नेपाल इन्भेस्टमेन्ट बैंकको साढे सात वर्षे मुद्दती निक्षेपमा दोब्बर भुक्तानी पाइने

0
Shares

नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा साढे सात वर्षे अवधिको निक्षेप ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ। निक्षेपको सञ्चिति बढ्दै जाने प्रकृतिको यस योजना अन्तर्गत निक्षेपकर्ताहरूले अवधि सकिएपछि आफ्नो निक्षेप दोब्बर भएको पाउनेछन्।

यसबाहेक यसको मुख्य विशेषता भनेको निक्षेप दोब्बर हुनेमात्र नभइ यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषि देखि स्वच्छ पारवहन र प्रदूषण रोकथाम सम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने छ।

जसबाट निक्षेपकर्ताहरूलाई विश्वव्यापी अभियानमा आफ्नो योगदान भएको भावसहितको सन्तुष्टि प्रदान गर्न सकियोस् भन्ने उद्देश्य राखिएको छ।
विश्वव्यापी रूपमा जलवायु परिस्थितिहरू बिग्रिरहेको परिप्रेक्षमा नेपाल इन्भेस्टमेन्ट बैंकले अंग्रेजी नयाँ वर्षका अवसरमा सामाजिक रूपमा जिम्मेवार रहने जनाएको छ। आफ्नो निरन्तरको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रवद्र्धन गर्ने उद्देश्य सहितको विशेष योजना ल्याएको छ।

लगानीका क्षेत्रहरू विशुद्ध रूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएका छन्।

यसका साथै, ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् र यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ।