नयाँ नेपाल लघुवित्तको शनिवार साधाणसभा, २१ प्रतिशत लाभांस


नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले शनिबार(भोलि) बार्षिक साधरणसभा गर्ने भएको छ । संस्थाको साधारणसभामा गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ २१.०५५ प्रतिशत लाभांश वितरण प्रस्ताव रहेको छ ।

 

लघुवित्तले प्रस्ताव गर्ने लाभांस मध्ये २० बोनस सेयर र कर प्रयोजनका लागि १.०५५ प्रतिशत नगद लाभांश स्विकृत गर्ने प्रस्ताव रहेको छ । संस्थाको साधारणसभाले यो लाभांस पारित गरेपनि पुस २ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

सभामा लघुवित्तले गाभ्ने वा गाभिने निर्णय गरेपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत रहेको छ ।
यसले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा यसको प्रतिसेयर आम्दानी २०.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५० पैसा छ ।