सानिमा बैंकद्धारा आँखा हस्पिटललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान

0
Shares

सानिमा बैंकको पोखरा न्युरोड शाखाले घारीपाटन स्थित हिमालय आँखा हस्पिटलमालाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

बैंकले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम हस्पिटलमा आउने दैनिक करिब ५०० जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सहयोग प्रदान गरेको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तान्तरण गरे ।

साथै, बैंकको प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताए । त्यसै गरी हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनले सानिमा बैंकको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम रहेको छ ।