डिजिटल कारोबारको प्रवर्द्धनमा एनसीएचएल र चार बैंकको संयुक्त अभियान, कनेक्ट आईपीएस भेरिफाई गर्ने ग्राहकको खातामा सय रुपैयाँ

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्फत प्रवर्द्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ ।

नबिल बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा सय रुपैयाँ जम्मा गरिदिने भएका छन् । कम्पनीका अनुसार बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउन र बैंक खाता लिंक गर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् । 

ग्राहकहरुले www.connectips.com मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी सुविधा उपलब्ध रहेका छन्।

यो प्ल्याटर्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवाआयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुलरकलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवा छन्।

बैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रवर्द्धन गर्नेे पहललाई थप प्रोत्साहनगर्न यस संयुक्त अभियानले मद्दत गर्ने विश्वास कम्पनी र बैंक वित्तिय संस्थाहरुले लिएका छन् ।