मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

0
Shares

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैँकको साना तथा लघुबैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनी माया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मोहोनी माया थापा मगरको श्रीमान भूपाल थापा मगर लाई बैँकका दमौली शाखा का शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे ,वडा सदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम चौउन्न हजार दुई सय अठहतर रुपैयाँ मात्र र काज किरिया पाँच हजार समेत गरी उन्नसाठी हजार दुई सय अठहतर रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

साथै कर्जा तिर्न बाँकी रहेको कर्जा दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।