ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा

0
Shares

ज्योति विकास बैंकले काठमाण्डौको गोंगबुमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा गोंगबुमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं २६, गोंगबुस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरि प्रभा खड्गीले गरीन ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाकी उपमेयर श्री हरि प्रभा खड्गीले बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी अघि बढ्न महानगरपालिका इच्छुक रहेको जानकारी दिए। साथै उपमेयर खड्गीले ज्योति विकास बैंकले आगामी दिनहरुमा देशभर शाखा सञ्जाल फैलाउँदै ७७ वटा जिल्लाका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले विगतका दिनमा झैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र अझै सरल र सहज रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गरे। साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि खडा गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समाज हितको लागि विभिन्न क्षेत्रसँग सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताए। साथै उनले बैंकिङ्ग सेवा मार्फत समाजमा सकरात्मक परिवर्तन ल्याउने कार्यमा ज्योति विकास बैंक लागिरहने जानकारी दिए।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा शाखा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत शाखा मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३२ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २७ अर्वभन्दा बढि लगानी गरेको छ ।