सन नेपाल लाइफ इन्स्योरेन्सको फत्तेपुरमा बीमा जागरण अभियान


सन नेपाल लाइफ इन्स्योरेन्सले बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ ।

बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको मिति २०७६ असोज २१ मा मृत्यु भएकाले मासिक आय सुविधा र क्रिया खर्च रकम वापत ३१ हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई उक्त चेक हस्तान्तरण गरिएको इन्स्योरेन्सले जनाएको छ ।

साथै इन्स्योरेन्सले नेपालगञ्जमा बीमा जागरण तथा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम गरेको छ ।