एभरेष्ट बैंकको विशेष सुविधा सहितको एनआरएन बचत खाता

0
Shares

एभरेष्ट बैंकले विशेष सुविधा सहित एनआरएन बचत खाता संचालन गर्ने भएको छ । जसका लागि बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालय लाजिम्पाटमा भएको एक समारोहबीच एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर गरिएको हो ।

ईबीएलले एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०% छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।