माछापुच्छ्रे बैंकको अडियो नोटिस बोर्ड सहितको ग्राहक सेवा केन्द्र सञ्चालनमा

0
Shares

माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ अन्र्तराष्ट्रिय स्तर को एसआईपि पिबिएक्समा आधरित आइभिआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

गाह्रकले बैंकको बिभिन्न सामजिक संजाल मार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्र मा संम्र्पक स्थापित गर्न सक्नेछन ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्ने बैंकको भनाई छ ।

बैंकका ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंक संग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंकले हाल १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएस मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रकाशित मिति: २२ पुस २०७६, मंगलबार  १८ : १० बजे