महाकाली यातायात पनि अनलाइन टिकटिङमा, बससेवाबाट टिकट काट्न सकिने

0
Shares

सुदुरपश्चिमका जिल्लामा उत्कृष्ट्र सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ ।

महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताए।

कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ ।

महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।