सामना बैकिङ पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बञ्जाडेलाई

0
Shares

यो वर्षको ‘सामना बैंकिङ पत्रकारिता पुरस्कार’ यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ ।

आर्थिक पत्रकारितामार्फत वित्तीय क्षेत्रको विकास तथा विस्तारमा महत्वपूर्ण योगदान पु¥याए बापत सामना बैकिङ गुठीले बञ्जाडेलेलाई उक्त ‘तेस्रो सामना बैकिङ पत्रकारिता’ पुरस्कार प्रदान गरेको हो ।

हाल कान्तिपुर दैनिकमा कार्यरत बञ्जाडेले यसअघि नया“ पत्रिका दैनिक र आर्थिक अभियान दैनिकमा काम गरिसकेका छन् ।

पुरस्कार गुठीले बञ्जाडेलाई २०७४ र २०७५ सालको उत्कृष्ट बैकिङ पत्रकारिता पुरस्कार प्रदान गरेको हो । गुठीको ११औं साधारणसभाको अवसरमा बुधबार उक्त पुरस्कार वितरण गरिएको हो । लामो समय आर्थिक पत्रकारिता गरी वित्तीय क्षेत्रको विकास तथा विस्तारमा योगदान पु¥याएको भन्दै बञ्जाडेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष एवं अर्थविद रेवतवहादुर कार्कीद्वारा अक्षयकोष राखी २०६२ सालमा सामना बैंकिङ पुरस्कार गुठी स्थापना भएको हो । नेपालको वैकिंग वित्तीय क्षेत्रमा उच्च कोटीका ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताइएको छ ।

गुठीले उत्कृष्ट बैंकिङ पत्रकारिता, त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातकोत्तर तहमा अर्थशास्त्रमा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, इकोनोमिक्स डेभलमेण्ट एण्ड प्लानिङ विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, उत्कृष्ट बैंकिङ वर्ष पुस्तक गरी चार विधालाई पुरस्कृत गर्दै आएको छ ।

गुठीले २०७१, २०७२ र २०७३ मा अर्थशास्त्र विषयमा स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने क्रमशः सुदिप घिमिरे, तिलक सिंह महरा र मानव प्रकाश पौडेललाई एकै पटक यो वर्ष पुरस्कार प्रदान गरेको छ । यो वर्ष कुनै पनि पुस्तक छनोटमा नपरेको भन्दै गुठीले उत्कृष्ट बैंकिङ वर्ष पुस्तक वितरण नगरिएको विज्ञप्तिमा उल्लेख छ ।