एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा आउने

0
Shares

एनआईसी एशिया बैंकले अझै आधुनिक र प्रतिस्पर्धी सेवा दिने क्रममा ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले २०७१ साल देखि ग्राहक सपोर्ट सेवा संचालन गर्दे आएको छ ।

बैंकका अनुसार यो सेवा अन्तर्गत ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवामा सम्पर्क गरी आवश्यक सूचनाहरु लिन सक्ने बैंकले जनाएको छ । यो सेवा ३६५ दिन नै र २४ सै घण्टा संचालनमा रहने नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्ने बैंकले जनाएको छ ।

यो सेवाको माध्यमबाट ग्राहक महानुभावहरुले बैंकलाई दिनु हुने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहक महानुभावहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।