मेटलाइफको नयाँ एजेन्सी कार्यालय काठमाडौँको रवि भवनमा

0
Shares

मेटलाइफ इन्स्योरेन्स कम्पनीले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौंको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्चालन विस्तार गरेको छ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरेका हुन्। यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कूल ३१ वटा शाखा कार्यालय र काठमाडौं भित्र मात्रै १० वटा कार्यालयले पुगेको छ।

यसरी भएको विस्तारले काठमाडौंको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुविधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन्।

अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमासन् २००१ देखि नेपालमा मेटलाइफ नेपाल सञ्चालन भइरहेको छ। नेपालमा यसले आºना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ।

सन् १८६८ मा स्थापित भएको मेटलाईफ, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया,युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।