मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको ३ लाख सहयोग

0
Shares

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैंया सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरका हुन ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।