युनाईटेड फाईनान्सको लाभांश पारित, नयाँ सञ्चालक समिति गठन

0
Shares

युनाइटेड फाइनान्सको २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको छ।

कार्की बैकंट, बबरमहल, काठमाडौंमा सम्पन्न साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्तावित ७.५२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको हो। एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको  बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ।

सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी), एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि विष्णु कुमार अग्रवाल) वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध चयन गरेको छ।

कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ। हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ।