डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सन्राइज बैंकले क्यास ब्याक योजना ल्याएको छ ।
यहि माघ १ गते देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट/ क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई–कर्मशमा कारोबारमा २५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ ।
साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सय सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सनराइजले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया