शाखा सञ्जाल विस्तारमा आक्रमक नबिल बैंक, २३ नयाँ शाखा संचालनमा

0
Shares

नबिल बैंकले आम जनमानसमा सरल र सुलभ वित्तिय पहुच पु¥याउने उदेश्यका साथ शाखा सञ्जाल विस्तारको क्रमलाई तिब्रता दिएको छ । यसै क्रममा बैंकले देशभरका विभिन्न स्थानमा थप २३ शाखा स्थापनागरी संचालनमा ल्याएको छ ।

पछिल्लो समयमा नेपालको विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउदै अत्यावश्यक वित्तिय सेवा प्रदान गर्दै आएको बैंकको भनाई छ ।

बैंकले प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा शाखा खोलेको छ भने प्रदेश २ मा र्मिचैया, गोलबजार, शिराहा र चन्द्रपु्रमा शाखा विस्तार गरेको छ ।

यस्तै प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सामा शाखा विस्तार गरेको बैंकले प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोतीमा शाखा खोलेको छ भने प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राममा गरी जम्मा २३ नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवा प्रदान गर्दै आएको बैंकको १०२ शाखा, १४३ एटिएम र १५०० भन्दा बढि रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।