खतिवडा र खड्का एनआईसी एशियामा भित्रिए


एनआईसी एशिया बैंकले उच्च तहमा २ वटा नियुक्ति गरेको छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतमा भेषराज खतिवडा र सहायक महाप्रबन्धकमा रञ्जन खड्कालाई नियुक्त गरेको हो ।

खतिवडा यस अघि सिभिल बैंकमा नायब महाप्रबन्धक थिए भने खड्का सेञ्चुरी बैंकमा प्रमुख प्रबन्धकको भुमिकामा थिए ।

खतिवडा र खड्काले बुधबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।