कुमारी बैंकमा विलय हुनेभएपछि देवः विकास बैंकको शेयर कारोबार रोक्का

0
Shares

कुमारी बैंकसँग विलय सम्झौता गरेको देवः विकास बैंकको बिहीबारदेखि शेयर कारोबार रोक्का भएको छ । बुधबार कुमारी बैंकले देवः विकास बैंकलाई एक्विजिशन गर्ने सम्झौता गरेको थियो ।

बैंक तथा वित्तीय एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम देवः विकास बैंकको शेयर करोबार माघ २ गतेदेखि रोक्का राखिएको नेप्सेले जनाएको छ ।

कुमारीले देवः विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा विलय गर्नेछ । डिडिएका क्रममा यो स्वापमा केही परिवर्तन हुन सक्ने र उक्त परिवर्तनलाई स्वीकार गर्नेमा दुवै बैंक सहमत भएका छन् ।