कुमारी बैंकले एक लाख असी हजार कित्ता संस्थापक शेयर बेच्दै


कुमारी बैंकले संस्थापक शेयर खरिद गर्न चाहनेहरुसँग आवेदन माग गरेको छ ।

बैंकका संस्थापक शेयरधनी गंगा अमात्यले बिक्री गर्न चाहेको १ लाख ८० हजार कित्ता संस्थापक शेयर किन्न चाहने संस्थापक शेयरधनीहरुलाई सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले माघ २ गतेदेखि ३५ दिन भित्रमा कुमारी क्यापिटलको कार्यालय नक्साल तथा बैंकको कार्यालयमा आईपुग्ने गरी आवेदन गर्न भनेको छ । शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बताइएको छ ।

संस्थापक शेयरधनीले बैंकको संस्थापक शेयर खरिद गर्न आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।