प्रभु इन्स्योरेन्सको सीईओ बज्राचार्यलाई निरन्तरता

0
Shares

प्रभु इन्स्योरेन्स कम्पनीले आगमी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्यलाई नै निरन्तरता दिने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले सीईओ बज्राचार्यलाई माघ १ गतेदेखि लागू हुने गरि थप ४ वर्षका लागि समय थप गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका बज्राचार्यसँग विभिन्न क्षेत्रमा काम गरेको दुई दशक बढीको कार्याअनुभव रहेको छ ।