सनराइज बैंकका ग्राहकले भ्याली एक्सप्रेसमा १०% छुट पाउने

0
Shares

सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई १०% छुट योजना ल्याएको छ ।

यस योजना अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यू आर पेमेन्ट मार्फत भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०% नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म भ्याली एक्सप्रेस रेष्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० % नगद छुट प्राप्त गर्न सक्नेछन् ।

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्ड/ त्तक्यू आर पेमेन्टमा छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको छ ।