ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न शपथग्रहण, के होला अमेरिकी राष्ट्रपति ट्रम्पको पद ?

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह शपथग्रहण गराएका छन्।

यसरी शपथ लिएपछि उनले सिनेटको एक सदस्यका रुपमा महाअभियोग प्रस्तावमा हुने समग्र प्रक्रियाको अध्यक्षता ग्रहण गर्र्नछन्।
उक्त महाअभियोग प्रस्तावमा छलफलका लागि अमेरिकाको प्रधानन्यायाधीशले सबै सिनेट सदस्यलाई सपथ गराउने र उनको अध्यक्षतामा उक्त प्रक्रिायाको किनारा लगाउने कानुनी प्रावधान रही आएको बताइन्छ ।

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा बिहीबारबाट औपचारिक रुपमा शुरुआत भएको जनाइएको छ।  प्रधानन्यायाधीश जोन रोबर्टस्ले बिहीबार अपरान्ह सिनेट बैठकमा उक्त सिनेटका १०० जना मध्ये ९९ औँ सिनेटरलाई शपथ गराएका थिए।

बिहीबारको सो सपथ कार्यक्रममा रिपब्लिकन पार्टीका एकजना सिनेटर भने अनुपस्थित थिए। उनको घरायसी कारणले गर्दा सो बैठकमा उपस्थित हुन नसकेको जानकारी त्यस अवसरमा गराइएको थियो।  राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले माथिल्लो सदन सिनेटमा पठाएको थियो।

हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मङ्गलबार पारित गरेको प्राप्त समाचारमा जनाइएको छ। यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उनीमाथि महाअभियोग लगाउने सम्बन्धी प्रस्तावमा मतदान हुदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए।

अब प्रधानन्यायाधीशले शपथ लिएसँगै बाँकी प्रक्रिया आगामी मंगलबारबाट शुरु हुन लागेको हो। सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने यसअघि बताइएको थियो।  यसअघि गत मङ्गलबार उक्त प्रस्ताव पारित भएपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा “हामी फेरि अगाडि बढ्ने छौं, डेमोक्र्याटहरुले हामीलाई केही पनि गर्न सक्नेछैनन् ” लेखेका थिए।

मङ्गलबार सो प्रस्ताव पारित भएपछि बुधबार नै हाउस अफ रिप्रेजेन्टेटिभ्स्का सभामुख नान्सी पेलोसीले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा पठाएका थिए।

अमेरिकाको इतिहासमा यसरी संसदको तल्लो सदनबाट महाअभियोग लगाइएका राष्ट्रपतिहरुमध्ये ट्रम्प तेस्रो राष्ट्रपति हुन् । तर पनि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा राष्ट्रपति ट्रम्पको रिपब्लिकनको नभएर विपक्षी दल डेमोक्र्याटको बहुमत भएकोले यो प्रस्ताव पारित भएको तर सिनेटमा भने महाभियोग प्रस्ताव पास नहुने राजनीतिक विश्लेषकहरु बताउँछन्।

सिनेटमा भने रिपब्लिकनका सांसदहरुको बाहुल्यता रहेको छ। १०१ सदस्य रहने सिनेटमा उनका विरुद्धमा महाभियोग लगाउन नै दुई तिहाइ मत चाहिन्छ। जुन असम्भव नै रहेको विश्लेषकहरुको भनाई छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएको लगायतका आरोपहरु सहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।  तर राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गरी ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन्। उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिँदै आएका छन् ।