महालक्ष्मी विकास बैंकमा इसेवाका एजेन्टमार्फत पनि खाता खोल्न सकिने

0
Shares

इसेवा र महालक्ष्मी विकास बैंकबीच इसवाका एजेन्टमार्फत खाता खोल्ने लगायतका सेवा लिने विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार इसेवाका एजेन्टहरु मार्फत सजिलै बैंकको खाताखोल्न सकिनेछ ।

साथै उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरे ।

बैंकले आगामी दिनमा इसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्न तत्पर रहेको जनाएको छ ।