साना उद्योगीलाई सहज कर्जा प्रवाह गर्न बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री युवराज खतिवडाले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएका छन्।

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले बैंकहरुलाई ठूलो आकारका कर्जामा भन्दा साना आकारको कर्जामा लगानी बढाएर रोजागारी वृद्धि गर्दै व्यवसायीक वातारण बनाउने सरकारको लक्ष्यमा होस्टेमा हैसे गर्न आग्रह गरेका हुन्।

कृषि विकास बैंकको स्थापना सहकारी प्रणालीलाई अगाडि बढाउन खुलेको र कृषि भनियो अनि साना किसान विकासको इकाईमा विभाजन भई साना किसान विकास बैंक मार्फत कृर्षिको उन्नयनका लागि कार्य गर्न खुलेको उनले कार्यक्रममा स्मरण गरे।

यस्तै पछिल्लो दिनमा साना किसान विकास बैंक भिन्न भई स्वतन्त्र ढंङ्गले चलेको र त्यसलाई सहयोग गरेको छ भन्दै आफ्नो जग, विरासत तथा स्थापनाको उदेश्यबाट विमुख नहुन उनले कृषि विकास बैंकलाई सुझाव दिए। बैंकले साना मझौला व्यवसायको प्रवद्र्धन र कृषिको मूल्य श्रृखलामा उत्पादनदेखि प्रशोधन र बजारिकिकरणको समेत सहयोग गर्नुपर्ने उनको भनाई थियो।

उनले कृषि विकास बैंकको ८० प्रतिशत माथि दश लाखभन्दा कमका ग्राहक भएको सुन्न पाउँदा खुशी लागेकोमा शुभकामना दिँदै अझै राम्रो गर्न सुझाए। उनले भने १० लाख भन्दा कम ऋण लिने ग्राहकलाई कृषि विकास बैंकले ऋण दिँदैन भन्ने मलाई परेको थियो, त्यसो होइन रहेछ ।
कार्यक्रममा उपस्थित बैंकर्स संघका अध्यक्ष भुवन दाहालतर्फ संकेत गर्दै उनले भने बैंकर्स एसोसियसनको चिफले पनि आम्रो सबै ऋणीमध्ये कमसेकम ५० प्रतिशत दश लाख मुनिका छन् भन्दिने दिन आयो भने म खुशी नै हुन्छु, त्यो पनि तपाइहरुले गर्दिनुहोला।

लघुवित्तबाट ग्राजुयट गरिएका र बैंकले नपत्याएका वर्गलाई खासगरि हाम्रो कतिपय निजी क्षेत्रको बैंकको साथीहरुले कहिले काँही सानो ऋणलाई पत्याउनुहुन्न भन्ने भ्रम छ । त्यसलाई तपाइहरुले चिर्नुहोस्। उनले भने।

त्यसैगरि नेपालको कृषि पृथकिकरण भएको बजार भएको र चक्लाबन्दीबाट अझै कृषि गर्ने परम्परा भएकाले सोही अनुसार उत्पादन, बजार, जमिन, यातायातको सुविधा नहुनु बजारको सीमितताका कारण नेपालको इकोनोमिकल स्केल सानो नै रहेको उनले बताए।

त्यस किसिमको व्यवसायलाई बैंकले ऋण प्रवाह गर्न नसकेको खण्डमा थप रोजगारी नआउने, कृषिजन्य र घरेलुजन्य व्यवसायको आधुनिकिकरण हुन नसक्ने, र उच्च प्रविधिको प्रयोग नभई आधुनिक प्रतिप्रस्र्धी र सबल अर्थतन्त्रमा उक्लन नसक्ने अर्थमन्त्रीले स्पष्ट पारे।