कृषि विकास बैंकका १६ शाखा एक साथ औपचारिक सञ्चालनमा

0
Shares

कृषि विकास बैंकले ५३ औ वार्षिक उत्सवको अवसर थप १६ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटाईजेशन पद्धतिबाट ती शाखाहरुको एक साथ उद्घाटन गरेका हुन् ।

बैंकले बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेलगरी १६ वटा कार्यालय सञ्चालनमा ल्याएको हो।

सो अवसरमा अर्थमन्त्री खतिवडाले साना किसानहरुलाई करिब ८० प्रतिशत कर्जा प्रवाह भएबाट कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गरेको विषयको सराहना गर्दै भविष्यमा पनि कृषिको व्यवसायीकरण गर्न र सहुलियत पूर्ण कर्जा प्रवाहको मात्रालाई बढाउन आग्रह समेत गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गरिने प्रतिवद्धता व्यक्त गरे । साथै उनले बैंकले बैंकले साना तथा मझौला व्यवसायको प्रवद्धनमा जोड दिएको बताउँदै बैंकका ८४ प्रतिशत ऋणी दश लाख भन्दा मुनीका रहेको समेत जानकारी दिए।

सीईओ उपाध्यायले बैंकले प्रवाह गर्ने कर्जा सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदूरहरुलाई साना तथा मझौला कर्जाको रुपमा प्रवाह भएको र ठूला ऋणी अर्थात करोडभन्दा माथिको कर्जाको भार १ प्रतिशत मात्र रहेको बताए। बैंकको करिब १३ लाख ग्राहकमध्ये १ लाख ४५ हजार ग्राहकले कर्जा उपयोग गरिरहेको सो अवसरमा जानकारी दिईयो।

बैंकले हरेक नेपालीको बैंक खाता अभियान अन्तर्गत ५२ हजार बढी शाखाबाट ३४ करोड निक्षेप संकलन गरेको जानकारी दिए। २ हजार ५०० संख्यामा सहुलियतपूर्ण कर्जा मार्फत ५ अर्ब ५८ करोड कर्जा स्वीकृत गरिसकेको छ । बैंकले दुईवटा कृषि मन्त्रालयसँग सम्झौता गरिसकेको छ।