तारागाउँ रिजेन्सी र नेरुडे लघुवित्तले नगद लाभांस बैंक खातामा पठाउन थाले


तारागाउँ रिजेन्सी र नेरुडे लघुवित्तले गत आर्थिक वर्षको नगद लाभांस लगानीकर्ताको बैंक खातामा पठाउन थालेका छन् ।

दुवै कम्पनीले भौतिक शेयर भएका लगानीकर्तालाई अभौतिक गराउन आग्रह गर्दै सो पश्चात मात्र नगद लाभांस बैंक खातामा पठाइने बताएका छन् । यसका लागि कम्पनीको शेयर रजिष्ट्रारकोमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

तारागाउँ रिजेन्सीले २०७६ पुस २९ गतेको २३ औं वार्षिक साधारण सभाबाट अनुमोदित १२.६३१५ प्रतिशत नगद लाभांस शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको हो । होटलको शेयर रजिष्ट्रार सानिमा क्यापिटल हो ।

उता नेरुडे लघुवित्तले पनि २०७६ पुस २८ गतेको १३ औं वार्षिक साधारण सभाबाट अनुमोदित ५.७९ प्रतिशत नगद लाभांस बैंक खातामा पठाउन सुरु गरेको छ । लघुवित्तको शेयर रष्ट्रिार सनराइज क्यापिटल हो ।
दुवै कम्पनीले माथि उल्लेखित लाभांसबाट कर कट्टी गरेर बाँकी रकम मात्र बैंक खातामा पठाउने छन् ।